नयाँ प्रहरी प्रमुखको आगमन संगै पर्सामा गाँजा खेती नष्ट र तस्करी नियन्त्रणमा तीव्रता

राम मण्डल
335 पाठक संख्या

वीरगन्ज : प्रहरी उपरीक्षकको रुपमा गौतम मिश्रको आगमन संगै पर्सामा अबैध गाँजा खेती नष्ट गर्ने काम भइरहेको छ।

यस्तै गिट्टी बालुवा तस्करी नियन्त्रणले तीव्रता पाएको छ । मिश्रको आगमन भएसंगै जिल्लाको ग्रामीण भेगमा हुने अबैध क्रियाकलाप नियन्त्रण गर्ने कार्यले तिब्रता पाएको हो। ग्रामीण भेगमा रहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले पटेर्वा सुगौली गाउँपालिका–२ फरकट्टी स्थित६ कठ्ठा जग्गामा लगाइएको गाजा खेती नष्ट गरेको छ ।

अवैध रुपमा लगाइएको गाँजाको तीन हजार दुई सय गाँजाको बोटबिरुवा फडानी गरी सोही स्थानमा नष्ट गरेको हो ।यस्तै प्रहरीले बालुवा लोड ट्याक्टर नियन्त्रणमा लिएको छ ।

पर्साको जगरनाथपुर गाउँपालिका– ४ मोर टोल स्थित प्र२–०३–००१त.४४३० नं.को बालुवा लोड ट्याक्टर र पटेर्वा सुगौली गाउँपालिका–४ करवोला चौक स्थित ना.४त.७०४२ नं.को बालुवा लोड ट्याक्टर नियन्त्रणमा लिएको छ ।

त्यस्तै पटेर्वा सुगौली गाउँपालिका–४ देउरिया स्थित भलुवाही खोलाबाट अवैध रुपमा बालुवा लोड गरिएको प्र २–०३–००१त.५४१ नं.को ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।प्रहरी चौकी बडनिहारबाट खटिएको प्रहरीले सालको काठ नियन्त्रणमा लिएको छ।

पर्सागढी नगरपालिका वडा न ३ स्थित झाडीमा बेवारिसे अवस्थामा रहेको सालको गोलिया ६ फिट लामो र अं. ४.५ गोलाईको काठ बरामद गरिएको प्रहरीले जनाएको छ। काठलाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालयमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी प्रधान कार्यालयले पर्साको एसपी कुमोध ढुङ्गोलको सरुवा गरि उनको स्थानमा गौतम मिश्रलाई पठाएको छ ।पर्साको ग्रामीण भेगमा यसपाली व्यापक रुपमा गाजाको खेती गरिएको स्थानीयहरु बताउँछन् ।खोला बाट पनि अबैध रुपमा गिट्टी बालुवाको चोरी तस्करी बढेको छ।

Leave a review