ऋण नतिर्ने ऋणीहरुको धितो लिलाम वा कालोसूची प्रकाशित गर्न सहकारी संस्थाहरुलाई जीतपुरसिमरा उपमहानगरको निर्देशन

साझेदारी दैनिक
350 पाठक संख्या

सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले पालिकाका सबै सहकारी संस्थालाई ऋण लिएर नतिर्नेको धितो लिलाम गर्न निर्देशन दिएको छ ।

उपमहानगरपालिकाले एक पत्र जारी गरी सहकारी नियमावली २०७४ अनुसार ऋण तिर्न आलटाल गर्नेहरुको नाम नामेशी सहित कालोसूची प्रकाशित गर्न निर्देशन दिएको हो ।

सहकारी ऐन २०७४, नियमावली २०७५ र जीतपुरसिमरा उपमहानागरपालिका सहकारी ऐन २०७५ को परिच्छेदहरु नै उल्लेख गरी ती ऐनमा भएको ब्यवस्था समेत खुलाई ऋण असुल गर्न पत्रमा भनिएको छ ।

उल्लोखित कानुनका परिच्छेद र दफाहरुमा भएका ब्यवस्थाहरु अपनाई भाखा नाघिसक्दा पनि साँवा,ब्याज नतिर्ने ऋणीसँग कानुन अनुसार ऋण असुल उपर गर्न सहकारी संस्था संग आग्रह गरेको हो ।

सहकारीबाट ऋण लिएर नतिर्ने प्रवृती बढेको गुनासो प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै पालिकाले सहकारीहरुलाई ऋण असुलीका लागि कडा शब्दमा निर्देशन समेत गरेकोे छ ।

कानुनी प्रावधानको वेवास्था गरि समयमै ऋण नतिर्ने ऋणीहरु विवरण सहकारी नियमावलीको ३८ बामोजिम नाम नामेशी सहित कालोसूची प्रकाशित गर्न यस उपमहानगर पालिका सबै सहकारी संस्थाहरुलाई निर्देशिन गर्दछ , पत्रमा भनिएको छ ।

यही माघ २३ गते लेखिएको सातौं तहका अधिकृतको हस्ताक्षर सहितको पत्रमा ऋण असुलीमा कडाई गर्न उपमहानगरपालिकाले सहकारीहरुलाई भनेको हो ।

जीतपुरसिमरा – ४ औराहा स्थित घण्टिमाई साकोसकी अध्यक्ष कोपिला सिंखडाको अनुसार उपमहानगर पालिकाको परिपत्रले सहकारीकर्मीहरुमा हौसल्ला बढेको र खराव ऋणीहरुमा डर पैदा भएको बताईन ।

Leave a review