रौतहट । ओम प्रकाश यादव/रौतहटको माधवनारायण नगरपालिका मेयर बैजनाथ प्रसाद यादवले एकजना आगलागी पीडितलाई विभिन्न राहत सामग्री सहयोग गरेका छन्।
माधवनारायण नगरपालिका -६ माधोपुरका आगलागी पीडित लालबहादुर यादवलाई मेयर यादवले आज राहत सामग्री प्रदान गरेका हुन्।
आगलागीका कारण यादवको घर र घरमा रहेका सम्पूर्ण लत्ताकपडा, भाडा वर्तन,खाद्यान्न,नगद लगाएत गरी लाखौंको सामान जलेर खरानी भएको थियो।
आगलागीले घर र घरका सबै सामान जलेर नष्ट हुँदा यादव परिवार विचलीमा परेको देखेपछि माधव नारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवले आज उनको घरमै पुगेर भाडा वर्तन,खाद्यान्न सामग्री र लत्ताकपडा वितरण गरेका छन्।
मेयर यादवले पीडित परिवारलाई एक एक थान ग्याँस सिलिण्डर, ग्याँस चुल्हो,प्रेसर कुकर लगाएतका भाँडाकुँडा, लत्ताकपडामा ब्ल्यांकेट,कम्बल,त्रिपाल,साडी सेट,जाजीम र चामल,दाल,तेल,नुन लगाएतका खाद्यान्न सामग्री वितरण गरेका छन्।
पीडित परिवारलाई तत्कालको लागि भएपनि केही राहत होस भन्ने आफूले नगरपालिकाको तर्फबाट राहत सामग्री प्रदान गरिएको मेयर बैजनाथ प्रसाद यादवले बताए।
राहत सामग्री वितरण कार्यक्रममा माधव नारायण नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादव,वडा अध्यक्ष राम नरेश राय लगाएतको सहभागिता रहेको थियो।

