बारा : ७५ औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बाराको कलैयास्थित भरत चोकमा बुधबार साँझ दीप प्रज्वलन गरिएको छ।
जिल्ला समन्वय समिति बाराको आयोजनामा दीप प्रज्वलन गरिएको हो। जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साहको अगुवाईमा सो कार्यक्रम भएको हो ।
उक्त कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी,जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी,कलैया उपमहानगरपालिकाका कर्मचारी,संघ संस्थाका प्रतिनिधि,राजनीतिक दलका प्रतिनिधि,मानव अधिकारकर्मी लगायतको सहभागिता रहेको थियो।
जिल्ला स्थित सरकारी कार्यालयमा समेत यस अवसरमा दीपावली गरिएको छ।


