कोमलको ७५ औ जन्मोत्सव मनाईयो

साझेदारी दैनिक
329 पाठक संख्या

बारा : बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १० बेहरा चोक स्थित मन्दिरमा बुधबार निवर्तमान रानी कोमल शाहको ७५ औ जन्मोत्सव मनाईएको छ।

नेपाल राष्ट्रबादी मोर्चा बाराको आयोजनामा रानीको जन्मोत्सव मनाईएको हो। उक्त अवसरमा मन्दिरमा पूजा अर्चना समेत गरिएको थियो। मोर्चा बाराका अध्यक्ष असर्फीलाल साहको अध्यक्षतामा सो कार्यक्रम गरिएको हो।

उक्त अवसरमा बिनोद यादव,सोनु प्रसाद,शम्भु सहनी,लालबाबु् मण्डल,जोगेश्वर गिरी,नैमुदिन मिया लगायतको उपस्थिति रहेको थियो।

Leave a review

This will close in 0 seconds