विश्व खाद्य स्वच्छता दिवस खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जले शुक्रबार मनाएको छ ।
कार्यालयको सभाहलमा विभिन्न सरोकारवलाहरुसँग हातेमालो गरी यो दिवस सो कार्यालयले एक कार्यक्रम गरी मनाएको हो ।
हरेक वर्ष जुन ७ तारिखका दिन विश्व भरि नैे यो दिवस मनाईदै आएको छ ।‘खाद्य स्वच्छतामा लगानी बढाऔ,अप्रत्याशित अवस्थाको पुर्ब तयारी गरौ’ भन्ने मूल नाराका साथ यो दिवस मनाइएको हो ।
कार्यक्रममा आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय,नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघ (चुरे मधेश ईकाई),खाद्य पेशाकर्मी लगायतको सो कार्यक्रममा उपस्थिति रहेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जका प्रमुख सुरेश सिंहले जानकारी दिए ।कार्यक्रममा सहभागी भएकाहरुले खाद्य स्वच्छताको बारेमा आ–आफ्नो धारणा राख्दै उपभोक्ताहरुले स्वच्छ खाद्य पदार्थ उपभोग गर्न पाउनुपर्छ भने ।
यसका लागि सरोकारवाला निकायहरुले नियमित रुपमा बजार अनुगमन गरिरहन उनीहरुले जोड दिएका थिए ।पछिल्लो समय वीरगञ्जमा पनि ब्यापक रुपमा अखाद्य वस्तुको विक्री वितरण बढेकोले यसतर्फ कार्यालयले ध्यान पुर्याउनु पर्ने बक्ताहरुको भनाई थियो।

