नेपाल आर्य समाज बाराको वार्षिक उत्सव एवम् गुरु पुर्णिमाको उपलक्ष्यमा पर्यावरण शुद्धीकरणको लागी उक्त वृक्षरोपण कार्यक्रम गरेको छ ।
समाज बाराले वार्षिकोत्सबको अवसरमा वीरगञ्जस्थित बिआईटी कलेजमा ५० प्रजातीका विरुवा वृक्षारोपण गरिएको हो ।
वीरगन्जमा रहेको वीरगञ्ज इन्स्टिच्युट अफ टेक्नोलोजी कलेजमा भारतीय महावाणिज्य दूतावासका कन्सुलेट जनरल दि.एस. मिनाले बिहीवार कलेज परिसरमा विभिन्न प्रजातीका विरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै कन्सुलेट जनरल दि.एस. मिनाले पिछिल्लो समय बढ्दै गएको जलवायु परिवर्तनका संकटलाई कम गर्नका लागि विरुवा उत्तम विकल्प रहेको बताएका छन ।
उक्त अवसरमा कलेजको परिसरमा निम,आवला,बेल,अनार,सिसी,गुल मोहर,जाकरन्दा,कदम,सखुवा,अम्बा,अर्जुन लगायतका विभिन्न प्रजातीका वृक्षरोपण गरिएको विआईटी कलेजका परीक्षा प्रमुख पवन बस्नेतले बताएका छन ।
यस्तै कार्यक्रममा बोल्दै कलेजका प्रिन्सीपल निरज श्रीवास्तवले प्राकृतिक वातावरणको सन्तुलन कायम राख्न र पृथ्वीलाई हराभरा बनाउन सबैले विरुवा रोप्नुपनेबताए ।
कार्बन डाइअक्साइडलाई अवशोषित गर्न र हामीलाई आवश्यक पर्ने अक्सिजनको उत्पादन गर्न विरुवाले महत्वपूर्ण भूमिका खेल्ने भएकाले विरुवा रोप्नुपर्ने आवश्यकता रहेको औल्याए ।
वृक्षारोपण कार्यक्रममा जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ,समाजसेवी रम्भा मिश्रा,पतजली तथा आर्य समाजका राजेश आर्य,पर्सा क्रिकेट एशोसिएसन संघका अध्यक्ष ई.मनिष सिंह,आरके शर्मा,सरिता जैसवाल,जयप्रकाश बिराजी,नवलकिशोर सिंह, अवधकिशोर सिंह,पवन सिंह लगायतको उपस्थिती रहेको थियो ।

