माल बाहक ट्रकबाट लाखौको माल समान बरामद

साझेदारी दैनिक
284 पाठक संख्या

कलैया ।राजेश कुशवाहा/ बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकमा प्रहरीले एक माल बाहक ट्रकबाट लाखौको माल समान बरामद गरेको छ ।

प्रहरी चौकी पथलैयाका प्रहरी बरिष्ठ नायब निरिक्षक रोशन अधिकारीको कमाण्डमा खटीएको टोलीले शनिवार विहान वीरगंजबाट चितवन तर्फ जादै गरेको ना ३ ख ५४५५ नम्बरको ट्रकबाट रू. ६२ लाख ३५ हजार ४ सय ४८ रूपैया बराबरको माल समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

बरामद गरिएको माल समानमा मोविल,अबिर,ब्याट्री,कपडा र मेठी लगायत अन्य खुद्रा समानहरू रहेका छन । उक्त ट्रक लाई रोकी चेकजाँच गर्दा बिल बिजक भन्दा बढि भेटिएको प्रहरीले जनाएको छ ।

बरामद भएको माल समान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आईतबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको बारा प्रहरीले जनाएको छ ।

Leave a review

This will close in 0 seconds