Sajhedari Daily
Latest News from Nepal

कोरोना संक्रमित पत्रकारको श्रीमतीमा पनि कोरोना देखियो

Top Aside Banner

रञ्जन यादब /
बारामा एक जना  कोरोना संक्रमित पत्रकारको श्रीमतीमा आज कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा करैयामाई गाउँपालिकाका ३७ वर्षीया एक महिलामा कोरोना संक्रमणको पुष्टि भएको उल्लेख छ ।

कोरोनाको संक्रमण पुष्टि भएकी ती महिला यसअघि कोरोना संक्रमित पुष्टि भएको  पत्रकारका श्रीमती रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले साझेदारीलाइए जानकारी दिनुभयो ।

संक्रमित महिलाको स्वाब गत जेष्ठ ६ गते संकलन गरिएको थियो । करैयामाई गाउँपालिका निवासी कोरोना संक्रमित पत्रकारको श्रीमती सहित ९ जना परिवारका सदस्यहरुको स्वाब सङकलन गरिएको थियो ।

उनको श्रीमती बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी पण्डितले साझेदारीलाई बताउँनुभयो । हालसम्म जीतपुरसिमरा उपमहानगरपालिकामा २ जना ,बिश्रामपुर गाउँपालिकामा  एक जना ,बारा प्रहरीका प्रहरी जवानमा एक जना ,करैयामाई गाउँपालिकामा दुई जना र सिम्रौनगढ नगरपालिकामा ६ जना गरी बाराका १२ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ ।