अनुसन्धानमा देखिएका समस्या र चुनौतीहरूलाई सम्बोधन गर्न प्रदेश स्तरिय अपराध अनुसन्धान समिक्षा गोष्ठी सम्पन्न

साझेदारी दैनिक
515 पाठक संख्या

कलैया : अनुसन्धानमा देखिएका समस्या र चुनौतीहरूलाई सम्बोधन गर्नका लागि प्रदेश स्तरिय अपराध अनुसन्धान समिक्षा गोष्ठी मंगलबार जनकपुरमा सम्पन्न भएको छ ।

मधेश प्रदेशका माननीय मुख्यमन्त्री सतिश कुमार सिंहको प्रमुख आतिथ्यमा धनुषाको जनकपुर उपमहानगरपालिका १४स्थित रोयल प्यालेस होटल मुजेलियामा उक्त गोष्ठी भएको हो ।

गोष्ठी मधेश प्रदेशको अपराध अनुसन्धानको अवस्था,अपराध अनुसन्धानमा प्रदेश प्रहरी कार्यालयको भुमिका र तालुक कार्यालयसँगको अपेक्षा र कानूनी तथा अन्य समस्याको पहिचान गरी सुधारका उपाय अवलम्बन गरिएको थियो ।

यसैगरी गोष्ठीमा अनुसन्धानको प्रभावकारिता अभिबृद्धिका लागि अनुसन्धानकर्ताहरू बिचमा समन्वयको विकास गर्न,अनुसन्धानमा देखिएका समस्या र चुनौतीहरूलाई सम्बोधन गर्नका लागि साझा धारणा विकास गर्ने विषमा समेत छलफल भएको जनाईएको छ ।

यसैगरी वैठकले अनुसन्धान सम्बन्धी नविन कानूनी व्यवस्था कार्यान्वयनमा एकरुपता कायम गर्न तथा प्रस्तावित अनुसन्धान तथा अभियोजनका विषयहरुमा छलफल केन्द्रित रहेको गोष्ठीमा सहभागि ट्राफिक व्यवस्थापन कार्यालय पथलैया,बाराका प्रहरी उपरीक्षक भिमकिरण बोगटीले जानकारी दिए ।

गोष्ठीमा उच्च अदालत जनकपुरका माननीय मुख्य न्यायाधीश श्रीकान्त पौडेल,नेपाल प्रहरी प्रधान कार्यालय,अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायत लगायतकाले मन्तब्य व्यक्त गरेका थिए ।

उक्त गोष्ठीमा उच्च सरकारी वकील कार्यालय धनुषाका सह–न्यायाधिवक्ता राजन राज घिमीरे,मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणी आचार्य,नेपाल प्रहरी प्रदेश कार्यालय बिरगंज पर्सा (हाल जनकपुरधाम,धनुषा) का प्रहरी बरिष्ठ उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ्ग,नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी बरिष्ठ उपरीक्षक कृष्ण प्रसाद पंगेनी,मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक शान्तिराज कोईरालाको सहभागीता रहेको थियो ।

यसैगरी जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ताज्यूहरु,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया,बाराका प्रहरी उपरीक्षक भिमकिरण बोगटी, जिल्ला प्रहरी कार्यालय प्रमुखहरु,नेपाल प्रहरी प्रधान कार्यालय,अपराध अनुसन्धान विभागका प्रहरी अधिकृतहरु, नेपाल प्रहरी विशेष सुरक्षा ढल्केवर धनुषाकागण प्रमुख, मधेश प्रदेश प्रहरी गण जनकपुरधाम धनुषाका गण प्रमुख,मधेश प्रदेश अन्तर्गत मुद्दा चल्ने सम्पुर्ण प्रहरी इकाईका प्रमुख र अपराध अनुसन्धान शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा कार्यक्रमको अन्त्यमा मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले धन्यवाद ज्ञापन गरेका थिए।

Leave a review