नगर प्रमुख सिंह र बिहारका मन्त्री पटेलबिच भेटघाट

साझेदारी दैनिक
442 पाठक संख्या

पचरौता: नूर आलम बादशाह/ भारतको बिहार भ्रमणमा रहेका पचरौता नगरपालिकाका नगरप्रमुख जलान्धर सिंह र भारत बिहार सरकारको सूचना प्रावैधीकी मन्त्री कृष्ण कुमार (मंटु पटेल) बीच शिष्टाचार भेटघाट भएको छ।

बिहारको राजधानी पटना स्थित मन्त्री निवासमा भएको भेटमा दुई देशबीचको धार्मिक,सांस्कृतिक,पर्यटन,आर्थिक विकासमा सहयोग लगायतका विषयमा कुराकानी भएको थियो।

बिहार सरकारको सूचना प्रावैधीकी मन्त्री कृष्ण कुमार (मंटु पटेल) लाई नगर प्रमुख सिंहले पचरौता भ्रमणको निम्तो दिएका छन्। जवाफमा उनले निकट भविष्यमै पचरौता लगायतको भ्रमण गर्ने बताएका छन्। भेटघाट कार्यक्रममा नगर प्रमुख सिंहले मन्त्री पटेललाई पुष्प गुच्छाबाट सम्मान गरेका थिए।

उक्त भेटघाट कार्यक्रममा पचरौता ४ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता लक्ष्मी यादव,शिक्षा सहायक मुकेश कुमार सिंह,छौडादानो प्रखण्डका जदयु अध्यक्ष नितीस कुमार पटेल लगायतको सहभागिता रहेको थियो।

सूचना प्रावैधीकी मन्त्री कृष्ण कुमार (मंटु पटेल) भारतको सत्तारुढ भारतीय जनता पार्टीबाट निर्वाचित प्रदेश सांसद भई मन्त्री बनेका हुन भने बाराको पचरौता नगरपालिकाका नगर प्रमुख नेकपा एमाले पार्टीबाट निर्वाचित भई मेयर बनेका हुन।

Leave a review