पर्सा : वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ रामवन क्षेत्रबाट अवैध रूपमा काटिएको साल जातको काठ बरामद गरिएको छ।
सवैया सब डिभिजन बन कार्यालयबाट बन कर्मचारी तथा सशस्त्र प्रहरी बल बेस बेलवा टोलीको संयुक्त प्रयासमा उक्त काठ नियन्त्रणमा लिइएको डिभिजन बन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले जानकारी दिए।
सवैया रेन्जका भूपाल रोकायका अनुसार चार थान गोलिया,करिब १५ क्युफिट काठ बरामद गरिएको छ। बरामद काठस्थल नजिकै उज्यालो रहेकाले सुरक्षाकर्मीहरू केही पर बसेका थिए।
जब टोली काठ बरामद गर्न दौडेर नजिक पुगे तब तस्करहरू भाग्न सफल भएका थिए। वन तथा सुरक्षाकर्मीहरूले तस्करहरूको खोजी कार्यलाई तीव्र पार्ने बताएका छन्।
साथै वन अपराध नियन्त्रणका लागि निरन्तर निगरानी बढाइने जनाइएको छ।


