कलैया :नेपाल बार एसोसिएशनको केन्द्रीय कार्यसमितिको चुनावमा अध्यक्ष पदको उम्मेदवार बन्ने अधिवक्ता उज्जल घिमिरेले घोषणा गरेका छन ।
कानून व्यवसायीहरु आवद्ध नेपाल बार एसोसिएशनको केन्द्रीय कार्यसमितिको निर्वाचन आउदो चैत्र २३ मा हुदैछ । सोही निर्वाचनमा अध्यक्ष पदको उम्मेदवार बन्ने अधिवक्ता घिमिरेले घोषणा गरेका हुन
उनी कुनैपनि दलिय कित्तामा नलागी एकल स्वतन्त्र रुपमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।
स्वतन्त्र उमेदवार अधिवक्ता घिमिरे गणतन्त्र र संघियता विरुद्ध उभिएका कारण बिशेषत ः सबैको आकर्षणको केन्द्र बन्ने उनले बताए । उनले आफ्नो उम्मेदवारी युवा कानून व्यवसायीको भावना र बिचारलाई समेट्ने बताएका छन ।

