जीतपुरसिमरामा सहसचिव प्रसाँई भए हाजिर

रञ्जन यादव
363 पाठक संख्या

जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा सात महिना देखिको प्रमुख प्रशासकिय अधिकृत सरुवा विवाद टुंगिएको छ ।

जीतपुरसिमरामा प्रमुख प्रशासकिय अधिकृतमा सहसचिव शान्तीराज प्रसाँई हाजिर भएसंगै विवाद टुंगिएको हो ।

यसअघिका प्रमुख प्रशासकीय अधिकृत उपसचिव उर्मिला काफ्ले रमाना लिएर बेपत्ता छानविन आयोगमा हाजिर भइसकेपछि उहाँको ठाउँमा प्रसाँई हाजिर भएका हुन ।

प्रसाईलाई नगर प्रमुख राजन पौडेल,उप प्रमुख भोला प्रसाद अधिकारी,वडा अध्यक्षहरू र नगरका कर्मचारीहरूले स्वागत गरका छन् । नगर प्रमुख पौडेलले खादा र डायरी दिएर आफनो कार्यकक्षमा स्वागत गरेका थिए।

यसअघि काफ्लेको ठाउँमा आउन लागेका चेतकुमार पोखरेल र वीरेन्द्र भारतीलाई नगरपालिकाले हाजिर गराउन अस्वीकार गरेको थियो ।

Leave a review