बडहर्वा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को पराँस टोलमा एमाले निकट मुक्ति समाज वडा कमिटीको आयोजनामा होली विशेष शुभकामना कार्यक्रम विहीबार सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन मधेश प्रदेशका पूर्व प्रदेशसभा सदस्य तथा एमाले प्रदेश कमिटी सदस्य सुन्दर विश्वकर्माले गरेका छन । सो अवसरमा बोल्दै उनले नेपालको कानुनले छुवाछुतको अन्य गरेको भन्दै दलित भएकै कारण विभेद सहनु अपराध हुने बताएका छन ।
कामका आधारमा ठुला भनौंदाहरुले जातिय विभेद गरेको बताउदै नेता विश्वकर्माले त्यसको असर आजसम्म समाजमा जीवित देखिनु दुःखद् भएको बताए ।
जातका आधारमा कोही ठुलो वा सानो नहुने भन्दै उहाँले दलितहरुले शिक्षा,स्वास्थ्य,सरसफाई र क्षमता विकासमा जोड दिन सके जातिय विभेद हटेर जाने उहाँको भनाई थियो ।
कार्यक्रममा उपमहानगरपालिका नगर कार्यपालिका सदस्य प्रभावती पास्वान,वडा अध्यक्ष चुतुरबाबू वाग्ले,स्थानीय सहकारी सर्वशुलभका अध्यक्ष विमलराज भारतीको लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा मुक्ति समाज बाराका अध्यक्ष शर्मा बैठा,नगर अध्यक्ष सुधन दास तत्मा,नेकपा एमाले जिल्ला कमिटी सदस्य वसन्त खतिवडा,कृष्ण खनाल,नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडा लगायतको सहभागी थियो ।

