परीक्षाको मर्यादा बिपरित कार्य गर्ने निरीक्षकलाई जिम्मेवारीबाट हटाईयो

साझेदारी दैनिक
540 पाठक संख्या

कलैया :बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय मर्दशा कलैया परीक्षा केन्द्रका एक जना निरीक्षकलाई जिम्मेवारीबाट हटाईएको छ।

परीक्षाको मर्यादा बिपरित कार्य गर्ने निरीक्षक बबी चौधरीलाई जिम्मेवारीबाट हटाईएको जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भटृराईले जानकारी दिएका छन्।

उक्त परीक्षा केन्द्रका केन्द्राध्यक्ष मनोजकुमार साहलाई समेत सचेत गराईएको उनले बताए।

बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको अध्यक्षतामा बुधबार बसेको एसइई परीक्षा समन्वय समितिको बैठकले निरीक्षक चौधरीलाई जिम्मेवारीबाट हटाउन निर्देशन दिइएको हो।

Leave a review

This will close in 0 seconds