कलैया : धम्की दिई फिरौति माग गरेको आरोपमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
कलैया उप–महानगरपालिका वडा नम्बर ५ घुसुकपुरको डा. बिकेश कुमार पाण्डेयलाई चैत दुई गते देखी अज्ञात व्यक्तिले पटक पटक फोन गरी धम्क्याएको आरोपमा प्रहरीले ति व्यक्तिलाई पक्राउ गरेको हो।
ऐ.प्लस हस्पिटलमा बम राखिएको छ र फिरौती २० लाख नगद मागेको भनि डा. पाण्डेयले जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएका थिए।
प्रहरीले अनुसन्धान गर्दै जाँदा धम्क्याउने तथा फिरौती माग्ने कार्यमा संलग्न रहेको आरोपमाबारा,कलैया उप–महानगपालिका वडा नं. ०५ घुसुकपुरमा बस्ने ४८ वर्षीय मदन मिश्रलाई पक्राउ गरेको हो।
विशेष प्रहरी टोलीले सीमावर्ती विहार राज्य मोतिहारी प्रहरीको सहयोगमा बाराको कलैया उप–महानगरपालिका वडा नं. १० शिवपुर चिउटाहाबाट पक्राउ गरेको हो।
उनलाई शुक्रबार पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।


