कलैया : नेपाल बिधुत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन कलैया ईकाई समितिले बुधबार एक कार्यक्रमका बीच नया कार्यालय प्रमुख सहितका कर्मचारीलाई स्वागत गरेको छ ।
ईकाई समितिका अध्यक्ष अमिचन महतोले प्राधिकरणका प्रमुख हिमान्शु कुमार यादव,ईन्जिनियर प्रकाश सिमखडा,लेखा प्रमुख बिष्णु गुप्ता,प्रशासन प्रमुख जलन्धर गोढ,स्टोर किपर रामसुन्दर दास,सुपर भाईजर बिपिन चौधरी,मिटर रिडर सुपरभाईजर रामचन्द्र अधिकारी लाई स्वागत गरेका हुन ।
उनीहरुलाई फुलमाला तथा गम्छा ओढाएर स्वागत गरिएको हो ।
उक्त अवसरमा प्राधिकरणका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

