२७ क्युफिट काठ सहित एक जना पक्राउ

रञ्जन यादव
345 पाठक संख्या

जीतपुर : बारामा बन क्षेत्रबाट काठ चोरी तस्करी गर्ने एक जना मानिस र करिब २७ क्युफिटको काठ नियन्त्रणमा लिईएको छ ।

सब डिभिजन बन कार्यालय हलखोरियाबाट सहायक बन अधिकृत नेपाली साहको कमाण्डमा गएको बन गस्ती टोलीले रुख काट्दै गरेको मानिस सहित ११.७१ क्युफिटको काठको गोलिया नियन्त्रणमा लिएको जनाएो ।

यसरी ११.७ क्युफिट काठ सहित पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ खैरवा बस्ने बर्ष ३५ का फिरोज चौधरी रहेको डिभिजन बन कार्यालय बाराले जनाएको छ । उनलाई डिभिजन बन कार्यालय बाराको थुनुवा कक्षमा राखिएको कार्यालय बाराका जमदार नागेन्द्र प्रसाद बैठाले जानकारी दिए ।

यसैगरी बाराकै कोल्हबी नगरपालिका वडा नं.५ सखुवाई गाउँमा छापामारी गरी करिब १५ क्युफिट काठको गोलिया बरामद भएको छ ।

स्थानीयहरुले घर नजिकै परालले लुकाईछिपाई राखिएको अवस्थामा सालको काठ दुईवटा गोलिया र सिसौँको एउटा गोलिया गरी तीन थान काठको गोलिया बरामद भएको कोल्हबी सब डिभिजन बन कार्यालयका रेञ्जर अब्दुल करिमले जानकारी दिए ।

कोल्हबी सब डिभिजन बन कार्यालयका,ईलाका प्रहरी कार्यालय सिहोर्वा र सशस्त्र बेश क्याम्प कोल्हबीबाट परिचालन भएको टोलीले काठ नियन्त्रणमा लिन सफल भएको हो । काठ छापामारी गरेका टोलीमाथि महिलाहरुको समुहले आक्रमण गर्ने प्रयास गरेको गस्ती टोलीले जनाएको छ ।

कोल्हबी सब डिभिजन बन कार्यालयका रेञ्जर करिमले भने , “महिलाहरुबाट काठ बचाएर ल्याउँनु हाम्रोलागि ठुलो चुनौतीको बिषय छ । घरमा पुरुष हुन्छन् तर बाहिर आउँदैनन् ।

घरका महिलाहरु नै हामीसँग जुध्न आउँछन् । ˮनियन्त्रणमा लिएको काठलाई कोल्हबी सब डिभिजन बन कार्यालयको नियन्त्रणमा राखिएको डिभिजन बन कार्यालय बाराले जनाएको छ ।

बरामद काठ,पक्राउ परेका मानिस र अन्य तस्करहरुको बिषयमा आवश्यक अनुसन्धान भईरहेको डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झाले साझेदारीलाई जानकारी दिएका छन ।

Leave a review