चियाले पोलेर गम्भिर घाईत भएकी बालिकाको मृत्यु

साझेदारी दैनिक
370 पाठक संख्या

कलैया : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १२ फतेपुरमा चियाले पोलेर गम्भिर घाईते भएकी एक डेढ बर्षिय बालिकाको बुधबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय जितेन्द्र साहको १६ महिने छोरी जुही साह रहेकी प्रहरीले जनाएको छ ।

गत १६ गते शनिबार आगनमा खेल्ने क्रममा चियाको भाडोमा लडेपछि उनको दाहिने हात देब्रे खुट्टा सहित शरिरको आधा भाग पोलेर गम्भिर घाईते भएकी उनका हजुर बुवा मिश्रीलाल साहले जनाएका छन ।

उनको उपचार स्थानीय स्वास्थय संस्थामा भएको थियो ।बुधबार मध्यान्ह उनी सिकिस्त भएपछि उनलाई उपचारको लागि जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित नगर अस्पतालमा लगिएको थियो ।

अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए।समयमै उनको उपचार अस्पतालमा भएको भए उनका ज्यान बचाउन सकिन्थयो नगरअस्पतालका चिकित्सक प्रशान्त बर्णवालले बताए।

बालिकाको पोष्टमार्टम प्रादेशिक अस्पताल कलैयामा गरिएको थियो । जिल्लाका सरकारी अस्पतालमा बर्ण वाड नहुदा आगोले जलेर घाईते भएकाहरु उपचारका लागि बाहिर जानुपर्ने बाध्यता रहेको छ ।

Leave a review

This will close in 0 seconds