कलैयामा पनि भयो टीभीएस अपाचे आरटीआर दुई वटा मोटरसाइकलमा रोमाञ्चक अफरको घोषणा

साझेदारी दैनिक
384 पाठक संख्या

कलैया : कलैयामा पनि टीभीएस अपाचे आरटीआर दुई वटा मोटरसाइकलमा रोमाञ्चक अफरको घोषणा गरेको छ।

बाराको कलैया उपमहानगरपालिका वार्ड नम्बर ४ बरियारपुर जाने मुख्य सडकमा रहेको करण इन्टरप्राईजेजले आफ्नो सो–रुममा शुक्रबार एक समारोहबीच टीभीएस अपाचे आरटीआर १६० २ भि रीफ्रेश बी टी र आरटीआर १६० रीफ्रेश ४ भि एफ डी लागि २ वर्षसम्मका लागि रोमाञ्चक अफरको घोषणा गरेको हो।

जगदम्बा मोटर्स प्राइभेट लिमिटेडका अधिकृत विक्रेता करण इन्टरप्राईजेजका संचालक पप्पु जैसवालको अध्यक्षतामा भएको कार्यक्रममा सो घोषणा गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि एवम् जगदम्बा मोटर्स स्पेयर नारायणी जोनका क्षेत्रीय अफिसर बिजय कुमार तिवारीले यस्तो घोषणा गरेका हुन्।

दुई वटा अपाचे आरटीआर मोटरसाइकलका लागि २ वर्षसम्मको रोमाञ्चक अफरको घोषणा भएको हो। नेपालका लागि अधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो लोकप्रिय फ्ल्यागशिप मोडेलहरू यस अफर अन्तर्गत बाइक पारखीहरूलाई ‘अनस्टपेबल फ्रिडम’को अनुभव पस्कँदै २ वर्षसम्मका लागि समस्या रहित लिमिटलेस राइडको सुनिश्चितता प्रदान गरेको हो।

करण इन्टरप्राईजेजका संचालक पप्पु जैसवालका अनुसार विशेष अफर अन्तर्गत नेपाल भरिका ग्राहकहरूले २ वर्षसम्मका लागि निःशुल्क स्पेयर पाट्र्स,इन्जिन आयल र सर्भिस प्राप्त गर्न सक्नेछन्। यस स्किम अन्र्तगत ग्राहकवर्गले रु.३१ हजार रुपैयाँ सम्मको बचत गर्न सक्ने उनले जानकारी दिएका हुन्। उपभोक्तालाई सहज र चिन्तारहित यात्रा तथा प्रयोग अनुभव प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ।

उच्च प्रदर्शन,आकर्षक डिजाइन र उत्कृष्ट ह्यान्डलिङको संयोजनले यी बाइक शक्ति र सटिकताका लागि निर्माण गरिएको हो। रोमाञ्चक यात्रा गर्न मनपराउनेहरूका साथै दैनिक यात्रुहरूको आवश्यकतालाई समेत पुरा गर्ने गुप्ताले बताए।

टीभीएसको बाइक वा स्कुटरको खरिद गर्दा आजीवन वारेन्टी पनि टीभीएसले प्रदान गर्ने उनले जनाए। ब्रान्डलाई ग्राहक केन्द्रित र गुणस्तरीय सेवा प्रदान गर्ने उनको विश्वास छ। टिभिएससँग जोडिन र विशेष अफरहरू बारे सूचना प्रदान गर्ने सम्पूर्ण सुविधाहरू उपलब्ध गराइने उनले बताए। जगदम्बा मोटर्स प्रा लि को नेपालभर १४० भन्दा बढी डिलरहरु रहेको छ।

सो कार्यक्रममा मन्टु जैसवाल,बलिराम दास,राकेश प्रसाद,सन्तोष लहेरा,शोरुमका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो।

Leave a review