खाद्य सामाग्री मानिस जिउनको लागि नभैनहुने एक प्रमुख सामाग्री भएको हुनाले खाद्य बस्तुको जोहो गर्नको निम्ती बिश्वका हरेक राष्ट्रहरु आफै आत्मनिर्भर बन्न विभिन्न उपाय निकाली उत्पादन बढाउन तिर देशको बजेट खर्च गरिरहेका छन । परम्परागत कृषि प्रणालीलाई बिस्थापित गर्दे बैज्ञानिक बिधिका अनुसार अहिले कृषि उपजमा बर्णशंकर (हाइबृड) को कृषि बैज्ञानिकहरुले बिकास गरिरहेका छन। तर नेपालमा भने बीस २०२० तिर छिमेकी देश भारत र चिनलाई खाद्य बस्तु निर्यात देश भित्र पर्थ्यो तर २०४६ सालको राजनैतिक आन्दोलन पच्चात नेपाल कृषिमा आत्मनिर्भर होइन परनिर्भर हुन थाल्यो र पछिल्लो तथ्यांक अनुसार गुन्द्रुक समेत बर्सेनि छिमेकी देश चिनबाट ५ करोडको आयात गर्न नेपालले थाल्य पछि हामी सोचौ हाम्रो देश नेपालको खाद्य बस्तुमा कस्तो हालत होला ? ।
आज अक्टोबर महिनाको १६ तारिक अर्थात बिश्व खाद्य दिवस पनि हो । यो दिवस नेपाल लगायत बिश्वभरिका १५० भन्दा देशहरुले एकैसाथ मनाउदछन । संयुक्त राष्ट्र संघको बिशिष्टकृत निकाय खाद्य तथा कृषि संगठनको पहलमा प्रत्येक बर्षको अक्टोबर १६ तारिकलाई खाद्य दिवसको रुपमा मनाइन्छ । राष्ट्र संघ स्थापना भएको दिन पारेर प्रत्येक बर्षको १६ तारिकका दिन अर्थात आज यो दिवस मनाइन्छ । सन १९४५ अक्टोबर १६ मा क्यानडामा स्थापना भएको र पछि बिसौ साधारण सभाले संगठनको स्थापना भएको दिनलाई खाद्य दिवस मनाउने प्रस्ताव पारित गरेसंगै सन १९८१ देखि यो दिवस बिश्वभर बिबिध कार्यक्रमका मनाइदै आएकोमा यो बर्ष कोरोना महामारीले गर्दा विभिन्न राष्ट्रले भर्चुअल विधि अपनाउने भएका छन ।
सन १९५१ को नोभेम्बरमा नेपालले खाद्य तथा कृषि संगठनको सदस्यता मान्यता पाएपछि उब्जनी बढाऔ ,सन्तुलित खाना खाऔ,बढी जोगाऔ भन्ने मुलनाराका साथ तत्कालीन नेपालले खाद्य दिवस मनाए पनि हाल सम्म कयौ राजनीतिक परिवर्तन भए र सरकारहरु फेरबदल भए तर आजसंम्म नेपालले अपनाएको शुरुको नारा नै कार्यान्वयन गर्न सकिएको छैन। यसको पछाडी मुलुकका नागरिक भन्दा पनि राज्यको नीति निर्माण गर्ने र कार्यान्वयन गर्ने पक्ष कमजोर,अस्थिर र दलालमुखी हुनु र उत्पादनको क्षेत्रमा बिसग्यता हासिल नभएको भन्ने नै निश्कर्ष निकाल्न सकिन्छ ।