Sajhedari Daily
Latest News from Nepal

यहाँ देशको छ चिन्ता………….???

Top Aside Banner

-डा.सजय गिरी /
डा.केसी आफै अनसन आन्दोलनमा छन भने कुलमान घिसङ्गको लागि सर्वसधारण जनताले नै सडकमा आन्दोलन गर्दै छन ।।। ? विडम्वना के छ भने डा.केसीले उठाएको समस्या मुदा हिजो पनि थियो, आज पनि छ, भोली पनि रहने छ, किन ?? किनकी नेपालमा स्वास्थ्य र शिक्षा माफियाहरुको लागि व्यापार मात्र भएको छ भने नेताहरुको लागि राजनिति र दुहुनो गाइ ।।। या भनौ शिक्षा र र स्वास्थ्य सरकारको रखैल जस्तै भएको छ ।

मेरो अनुभुति र सोच अनुसार अहिले कै अवस्थामा डा.केसीलाई नै देशको कार्यकार पदमा पदासिन गरिए पनि वहाँले पनि स्वास्थ्यमा रहेको वेतिथिलाई निर्मुलीकरण वा भनौ निर्मलीकरण पनि गर्न सक्नु हुन कि ??? नेपालको राजनितिमा आमुल परिवर्तन होइन व्रmान्तीको अपरिहार्यता छ ।

नेपालमा आएको संघियता र लोकतंत्रमा केही सकिलामुकिला तथकथित नेताहरुको मनोगत विचार चाहना स्वार्थ, स्वाद र सैडिज्यले पूर्ण छ । कारण म एउटा स्वास्थ्य कर्मी हो र मेरो पनि पिडा र अुनभुति लुकेको छ । हाम्रो देशको राजनिति, सरकार नेतागण र तथकथित कार्यकर्ताहरु अंहकार, दम्भ, घृणा वदनियत र वदलाको भावनाले परिपुर्ण छन । हामी सबैले बुझनुपर्ने, मनन गर्नु पर्ने यर्थाथ के हो भने शिक्षा र स्वास्थ्य हाम्रो अति आवश्यक र मुलभुत अपरिहार्य आवश्यकता मात्र होइन, संघियता, सम्पनना सम्परभुता समाजवाद आदि को दिगो अधार पनि हो डा.केसीको मुलभुत भुदा के हो भने स्वास्थ्य र शिक्षा मा सबैको समुचित र सरल पहुच होस । तर कसरी ??

नेपालमा अहिले पनि सिटामोल नपाइकन नै मृत्यूवरण गर्ने धेरै छन । दुर्गमका केही महिला दिदीवहिनीहरु प्रसवपिडमा पनि स्वास्थ्यकर्मी को अनुहार नहेरी कनै मृत्युवरण गर्नु पर्ने मजवुरी छ । छाउ प्रथा, बोक्सी प्रर्था, धामीझाक्री प्रथा बहुविवाह प्रथा अहिले सम्म कहीकतै कायम छ ।।। तर हलिया प्रथा माथी मात्र राजनिति चर्को छ ।। किन ?

अहिले नेपालमा कुर्सीमा बसरे पनि काम गर्न सजिलो छैन र कुर्सी बाहिर भएपछि रोडमा टायर बाल्नु बाहेक अर्को कुनै उपाय छैन ।।। के कुर्सीमा बस्नेहरु मात्र सरकार हुन र ?? हुत नेपालमा छाया सरकार पनि छ रे ??? यहाँ बुझनुपर्ने कुरा के हो भने घामछाया एक अर्काको परिपुरक हो । घाम भए यो छाया हुन्छ कि ??

फेरी एउटा यहाँ प्रश्न आउँछ यहाँ देशको छ चिन्ता….। के नेपाल भरीमा डा.के.सी. र कुलमान लाई मात्र देशको चिन्ता छ र ??? राष्ट्रियाताको प्रसंग हेर्दा सबै भन्दा बढि उफ्री उपं्रmी टडकारो अवाज उठछ तर राजनितिक अवस्था हेर्दा यहाँ पहाडे छ, मधेशी, जनजाति छ, नेवार छ, तम्बुवान छ, सर्वसधारण गरिबहरु स्वसआर्थ छन तर नेपाली छैनन ??? अनि मेरो मन गित हुन्छ यहाँ अनि मेरो मनमा एउटा गित तरंङ्गीत हुन्छ, यहाँ देशको छ चिन्ता……….???