Sajhedari Daily
Latest News from Nepal

सकियो गरीब सरकारको १३ अरब, तर..

Top Aside Banner

– विपिन दास
सकियो गरीब सरकारको १३ अरब, तर
बिग्रिएको ताल्चा जस्तो बन्द लकडाउन सकिएन,
अरब अरब कै दरमा सुनिन्छ कमिशनको भाग त
तर अरबमै अल्झिएको एउटा ’धनी’ मजदुरलाई झुपडी फर्काउन सकिएन,

सकिएको त जाबो समृद्द जनताको भरोशा न हो,
लाग्दो हो सरकारलाई राहतको १५ किलो चामल अझै सकिएन,
रेलको डिब्बा भरी–भरी ल्याएर बाड्दापनि सम्वृद्धि
खै चोक चोकको भोक, शोक र रोग हटाउन सकिएन,

फाटेको तन्ना फेर्न नसक्ने जनतालाई फेरिदिए नि नया ’तन्त्र’
षड्यन्त्र, भ्रष्टाचार र बेथिती चाहिँ फेर्न सकिएन
’सर्वहारा’ को सरकार हो कि ’सर्व आहारा’ गर्ने सरकार
महंगी र बढ्दो ’कर’ को मार् सकिएन रु