बार्षिर्कोत्सवमा नयाँ अयाम

साझेदारी दैनिक
साझेदारी दैनिक 677 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

संञ्चार गृहका अनि संञ्चार माध्यमका संचालकहरु र संञ्चारकर्मी देशमा हुने विभिन्न राजनैतिक परिवर्तनमा सहभागि हुने गर्दछन र समाजलाई सहि मार्गमा डो¥याउन उनीहरुको पनि महत्वपूर्ण भुमिका हुने गरेको छ । राज्यले मुलुकमा संञ्चार क्षेत्रलाई चौथो अंगको रुपमा औपचारिक ढंगले घोषणा गरे पनि नीति निर्माणको मुल थलोमा भने हाल संम्म सहभागि गराएको भने पाइएको छैन । संञ्चार गृहका संचालक र त्यस सम्बद्ध संञ्चारकर्मीले गर्ने कामको गतिविधि विभिन्न क्षेत्रबाट हेरि त्यसको मूल्याकंन समेत गरिरहेका हुन्छन । राज्यले आफ्नो मुल धर्मलाई लत्याई देश प्रेम र लोककल्याणकारी नबनी तानाशाही र व्यक्तिबादी आचरणमा राज्यका शासकहरु लागे भने त्यसको सशक्त प्रतिरोध गर्दै कलम र आवाजको माध्यमबाट जनतालाई सुचितित गर्ने काम पनि संञ्चार गृहका संचालक र संम्बद्द संञ्चारकर्मीले बिगतदेखी हाल संम्म गर्दै आइरहेका छन । त्यसको उदाहरणको रुपमा हामीकहा भएको विभिन्न समयको राजनैतिक परिवर्तनमा उनीहरुले खेलेको भुमिकालाई लिन सकिन्छ ।

साझेदारी राष्ट्रिय दैनिक पत्रीका परिवारले पनि शुक्रबार आफ्नो पत्रीकाको बार्षिर्कोत्सवको अवसरमा बिगतको दिन भन्दा फरक तरिकाले छैठौ बार्षिर्कोत्सव मनाएको छ । यो एउटा नयाँ उदाहरण पनि हुन सक्छ, हामीले बारा जिल्ला जितपुरसिमरा उपमहानगरपालिका वडा नं १६ बदाफर स्थित अति बिपन्न मुसहर बस्तिमा गैइ खाद्यान्न बितरण गर्यौ । त्यस बस्तिमा रहेका करिब २५ घरपरिवारलाई पत्रीकाको आन्तरिक स्रोतबाटै खर्च जुटाई दलित मुसहर परिवारलाई थोरै भए पनि दाल,चामल,तेल,आलु,र नुन बितरण गर्न पाउदा हामीले गरेको हाम्रो कर्मलाई भोकोपेटले थोरै भए पनि आशिर्वाद दिन्छ भन्ने हामी बिश्वस्त छौ ।

आज कोरोनाको महामारीको नाममा देशका मुल नेतृत्व शासकहरु लकडाउन,सटडाउन,निषेधाज्ञा र कर्फु जस्ता आदेश जनतालाई फरमान गर्दै अर्को विकल्प नदिइ भेडाबाख्रा सरि थुनेर घर भित्रै राखी रहदा हामीले हाम्रो औकातले बितरण गरेको खाद्यान्नले तातो भात खान पाउने भोकाएका वृद्ध,महिला,सुत्केरीले दिने आशिर्वादले हामीलाई आगामी बर्षमा नयाँ तरिकाले हिड्ने प्रेणा मिल्नेछ भन्ने बिश्वास लिएका छौ। छैठौ बर्षमा प्रवेश गरेकोमा शुभकामना दिनुहुने संम्पुर्ण संञ्चारकर्मी मित्रहरु,संञ्चार गृहका संचालक सहयोद्दा साथिहरु,बिज्ञापनदाता,उधोगी सहित सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्दै संम्पुर्णमा हामी साझेदारी टिम साधुबाद टक्¥याउन चाहन्छौ ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review