बारामा ८१ प्रतिशत आर्थिक गणना सकियो : राजेश दास

साझेदारी डेलि
62 पाठक संख्या

कलैया । राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत बारा जिल्लामा हालसम्म करिब ८१ प्रतिशत गणना सकिएको छ। ग्णना सम्बन्धी स्थलगत तथ्याङ्क संकलन सम्पन्न भएको जिल्ला आर्थिक गणना कार्यालय, बाराका जिल्ला आर्थिक गणना अधिकारी राजेश दासले जनाएका छन्।

जिल्लाभर खटेका गणक तथा सुपरिवेक्षकहरूको सक्रियताका कारण अपेक्षाभन्दा छिटो प्रगति हासिल भएको जानकारी दासले दिएका हुन्।

नेपाल सरकारको राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा“अर्थतन्त्र मापनको लागि आर्थिक गणना“ भन्ने मूल नाराका साथ दोस्रो राष्ट्रिय आर्थिक गणना–२०८२ को स्थलगत तथ्याङ्क संकलनको कार्य देशभर मिति २०८३ बैशाख २ देखि असार ७ गतेसम्म संचालन भईरहेको हो।

कुनै प्रशासनिक सिमानाभित्र कुनै निश्चित स्थानमा अवस्थित वा सञ्चालित वस्तु उत्पादन गरी बिक्री गर्ने वा सेवा प्रदान गर्ने क्रियाकलाप सञ्चालन गर्ने प्रतिष्ठानहरूको निर्धारित समयावधि भित्रको विवरण संकलन भइरहेको उनले साझेदारी दैनिकलाई जानकारी दए।

सङ्कलनदेखि तथ्याङ्क उत्पादन तथा वितरणसम्मको क्रियाकलाप आर्थिक गणना हो । वि.सं.२०७५ मा नेपालले प्रथम पटक आर्थिक गणना सम्पन्न गरेकोथियो।

Leave a review

This will close in 0 seconds