प्रभातफेरी गरी मनाइयो विश्व प्रेस स्वतन्त्रता दिवस

संदिप प्रसाद यादव
737 पाठक संख्या

कलैया । नेपाल पत्रकार महासंघ बारा शाखाले प्रभात फेरी गरी विश्व प्रेस स्वतन्त्रता दिवस शनिबार बाराको सदरमुकाम कलैयामा मनाएको छ।

बारा उद्योग वाणिज्य संघको अगाडिबाट सुरु भएको प्रभातफेरी जिल्ला प्रशासन कार्यालय बारा हुँदै कलैयाको भरत चौकमा पुगेर कोणसभामा परिणत भएको थियो।

पत्रकारहरुले “नयाँ साहसी संसारमा रिपोर्टिङ र पत्रकारको सुरक्षा ग्यारेन्टी गर“भन्दै प्रभात फेरी निकालेका हुन्।

कार्यक्रममा प्रमुख अतिथि पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारी रहेका हुन्।

सो कोणसभालाई सम्बोधन गर्दै उनले खुशियालीपुर्वक प्रेस स्वतन्त्रता दिवस मनाउने दिनमा पनि दुःखदपुर्वक मनाउदै गरेको उनले जनाए।

पत्रकारहरुलाई संविधानले लेख्ने अधिकार दिएको छ भन्दै उनले राज्यले त्यस्को अनुभूति हुन नदिएको जनाए। राज्यको चेपुवामा परेपनि पत्रकारहरुले लेख्ने काम कम नगरेको जनाए।

जिल्लाका पत्रकारहरु निर्वाचन,कफ्र्यु वा काम पर्‍यो भने सेवा लिन दुई वा तीन सय पुग्ने गरेको जनाउँदै आफ्नो सुरक्षाका लागि हुने कार्यक्रममा पनि न्यून मात्रामा सहभागी हुने गरेको उनले जनाए।

आउने दिनमा क्रियाशिल पत्रकारहरुलाई मात्र सदस्यता वितरण गर्न पत्रकार महासंघ बारालाई उनले आग्रह गरे।

नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रमेश सुवेदीको अध्यक्षतामा कोण सभा भएको हो।

कोणसभामा पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान,पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष गुरुप्रसाद गौतम,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रामबाबु मेहता लगायतले पत्रकारहरुको सुरक्षाको प्रत्याभूति दिन माग गरे।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका कोषाध्यक्ष अनिल कुमार गौरव,सदस्य साजिर मंसुर,संजीव मिश्र,ब्रिजमोहन कुशवाहा,प्रेस युनियन मधेस प्रदेशका अध्यक्ष सत्यप्रसाद श्रेष्ठ,श्रमजीवी पत्रकार संघ बाराका अध्यक्ष शिवशंकर मिश्रा,मेची महाकाली सोसाइटी बाराका अध्यक्ष भोजराज भट्टराई,प्रेस युनियन बाराका कोषाध्यक्ष अरुण साह,सचिव राजेश कुशवाहा,विभिन्न सञ्चारगृहमा कार्यरत सञ्चारकर्मीहरु लगायतको सो कोणसभामा उपस्थिति रहेको थियो।

कार्यक्रमको संचालन महासंघ बाराका उपाध्यक्ष पन्नालाल दासको थियो।

Leave a review