रौतहटबाट लागूऔषध बिक्री गर्ने मेडिकल संचालक पक्राउ

साझेदारी दैनिक
617 पाठक संख्या

रौतहट । करण कुमार मिश्र/ लागुऔषध विक्री गरेको आरोपमा रौतहटका एक मेडिकल संचालक पक्राउ परेका छन ।

रौतहटको चन्द्रपुर नगरपालिका–१० स्थित चेतनगर बजारमा औषधी पसलमा प्रतिबन्धित लागूऔषध बिक्री गरेको आरोपमा ती संचालक पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा जिल्लाकै मौलापुर नगरपालिकाका वस्ने २९ वर्षीय जितेन्द्र साह हुन । उनलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले आइतबार लागूऔषध ट्रामाडोलसहित लाई पक्राउ गरेको जनाएको छ।

साहले चेतनगरमा औषधी पसल सञ्चालन गर्दै आएका छन्।स्थानीयका अनुसार साहले चिकित्सा व्यवसायको नाममा लामो समयदेखि लुकीछिपी लागूऔषधको कारोबार गर्दै आएका थिए।

प्रहरीले गुप्त सूचनाका आधारमा सादा पोसाकमा खटिएको टोलीमार्फत छापा मारेर साहको फार्मेसीबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोलका ४ हजार ५ सय वटा ट्याबलेट बरामद गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिएका छन ।

बरामद लागूऔषधसहित साहलाई नियन्त्रणमा लिइएको प्रमुख राईले बताए। उनले बागमती,चन्द्रनिगाहपुर र वरपरका क्षेत्रका युवाहरूलाई नियमित रूपमा लागूऔषध उपलब्ध गराउँदै आएको प्रहरीको अनुसन्धानबाट तथ्य खुलेको नायब उपरिक्षक राईले बताए ।

पक्राउ परेका मेडिकल संचालक साहलाई लागूऔषध नियन्त्रण ऐन अनुसार कारबाही अगाडि बढाइएको ईप्रका प्रमुख समेत रहेका राईले जनाए ।

Leave a review

This will close in 0 seconds