कलैया । बारा नागरिक समाजको जिल्ला कार्य समितिको विस्तार गरिएको छ।
समाज बाराका अध्यक्ष उमेशलाल दासले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै समाजलाई अझै चलायमान बनाउदै समाज प्रति नागरिक समाजको विश्वासलाई जागृत गराउन एवम् नागरिकको आधारभूत आवश्यकतालाई आत्म साथ गर्दै मौलिक अधिकारलाई नागरिकमा प्रत्याभुत गराउनका लागि कार्य समिति विस्तार गरेको जनाएका हुन्।
बारा नागरिक समाज जिल्ला कार्य समितिको सदस्यमा मनोनयन गरी जिल्ला कार्य समिति विस्तार गरिएको दासले प्रेस विज्ञप्ति जारी गरी जनाएका हुन्।
समितिको अध्यक्षमा उमेशलाल दासा (बुद्धिजिवी समाजसेवी) रहेका छन्।
त्यस्तै कार्य समिति सदस्यमा एकरामुल हक(अधिवक्ता),सत्य प्रसाद श्रेष्ठ(बरिष्ठ सञ्चारकर्मी),ईन्द्रासन मण्डल(समाज सेवी),गोकुल घोरसाइने (सञ्चारकर्मी),समसुदिन हवारी (अधिवक्ता),सरस्वती खरेल (महिला अधिकार कर्मी),निवेश तिमिल्सीना (प्राध्यापक),बविता जयसवाल (मानव अधिकार कर्मी),लक्ष्मीप्रसाद चौधरी (पूर्व प्रशासक) एवम् सिकेन्द्र पासवान (सञ्चारकर्मी) रहेका छन्।
अध्यक्ष दासको अध्यक्षतामा ११ सदस्यीय समिति विस्तार गरिएको छ ।

