Sajhedari Daily
Latest News from Nepal

प्रहरीद्धारा पर्साको वीरगञ्जबाट ५ क्वीन्टल अवैध अलैची बरामद

Top Aside Banner

पर्सा प्रहरीले तस्करी गरि ल्याइएको ५ क्वीन्टल अवैध अलैची वीरगञ्जबाट वरामद गरेको छ ।प्रहरीले वीरगञ्ज महानगरपालिका १५ स्थित बाईपास रोडमा शुक्रवार चेकजाँच गर्नेक्रममा उक्त परिमाणको अबैध अलैची बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तथा प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले १४ बोरामा प्याक गरिएको अबैध अलैची बरामद गरेको जानकारी गराएको छ ।

बरामद गरिएको अलैचीको बजार मुल्य करिब १२ लाख ५० हजार बराबरको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अलैचीलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।