जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा छात्रबृति प्रदान गर्न निर्देशन

रञ्जन यादव
343 पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिकाले कक्षा ११ मा १० प्रतिशत छात्रवृति प्रदान गर्न निर्देशन दिएको छ ।

उसले यस्तो निर्देशन संस्थागत बिद्यालयहरुलाई दिएको हो । उपमहानगरपालिकाको शिक्षा,युवा तथा खेलकुद महाशाखाका प्रमुख उपसचिव शिवजी प्रसादले सूचना जारी गर्दै संस्थागत बिद्यालयहरुलाई कुल बिद्यार्थी सङ्ख्याको कम्तीमा १० प्रतिशत छात्रबृत्ती प्रदान गर्न भनेका छन् ।

उपमहानगरपालिका अन्तर्गत संचालित बिद्यालयहरुले शिक्षा नियमावली २०५९(संशोधनसहित )परिच्छेद २६ को नियम १५१(२) बमोजिम यो नियम लागु गरेको जनाएको छ ।

संस्थागत बिद्यालयहरुले १० प्रतिशतमा नघटाई गरिब,अपाङ्ग,महिला,दलित र जनजाती बिद्यार्थीहरुलाई छात्रबृति उपलब्ध गराउन सूचनामा भनिएको छ ।

संस्थागत बिद्यालय मापदण्ड तथा संचालन निर्देशिका,२०५९(पहिलो संशोधन ) को बुँदा नं.६.२ र जीतपुरसिमरा उपमहानगरपालिका शिक्षा ऐन,२०७५ को दफा २९(१) अनुसार शैक्षिक सत्र २०८१ मा नियमानुसार कक्षा ११ मा अध्ययन गर्ने बिद्यार्थीहरुलाई छात्रवृति प्रदान गरी बिद्यार्थीहरुको नामसहितको बिवरण उपलब्ध गराउँन भनिएको छ ।

Leave a review