राम मण्डल /
विशेष सुचनाको आधारमा पर्सा प्रहरीले शनिबार छापमारी गरि वीरगञ्जको एक अपार्टमेन्टबाट ठुलो परिमाणमा रहेको अबैध सुन बरामद गरेको छ ।
प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ रेशमकोठीस्थित एक अपार्टमेन्टमा छापा मारी प्रहरीले २२ किलो ५७६ ग्राम अवैध सुन बरामद गरेको पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । रेशमकोठीमा रहेको श्रीगणेश अपार्टमेन्टको तेस्रो तल्लाको ३०३ नम्बर फ्ल्याटमा बस्दै आएका भारत पूर्वी चम्पारण हरैया निवासी अशोक सिन्हाको फलयाटमा छापमारी गरि सो परिमाणको अबैध सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिइन ।
बिशेष सुचनाको आधारमा प्रहरी उपरिक्षक पन्तको नेतृत्वमा खटिएको प्रहरी टोलीले सिन्हा बस्दै आएको फल्याटको ढोका फोडेर सुन बरामद गरेको थियो ।
सुन जस्तो देखिने धातुको बिस्कुट १ केजीको दरले १३ वटा, ४६ पिसमा रहेको ८ किलो ५७६ ग्राम, बिस्कुट आकारमा १०० ग्रामको दरले १० पिसमा रहेको १ किलो, विभिन्न गर–गहानाहरु ६८१ ग्राम गरी जम्मा २२ किलो ५७६ ग्राम सुन जस्तो देखिने धातु बरामद गरिएको प्रहरी उपरिक्षक पन्तले पत्रकार सम्मेलन बताईन ।
साथै सोही फल्याटबाटै चाँदीको गर–गहाना तथा थाल लगायत भाँडा गरी २ किलो २६२ ग्राम चाँदीसमेत बरामद गरिएको उनले बताईन । छापमारीको क्रममा फल्याटमा कोही पनि नरहेको तथा बरामद गरिएको सुनचाँदीको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

