जीतपुर :बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय औराहाको शनिबार अभिभावक भेला सम्पन्न भएको छ ।
भेलाको पूर्व प्रदेशसभा सदस्य सुन्दर विश्वकर्माले उद्घाटन गर्नुभएको थियो । उनले सामुदायिक बिद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको छोराछोरी पनि सामुदायिक बिद्यालयमा पढाउँनुपर्ने धारणा राखेका छन् ।
यसैगरी सोही भेलामा बोल्दै वडा नम्बर ४ का वडा अध्यक्ष ईश्वर के.सी.ले विद्यालयमा सकारात्मक परिवर्तन ल्याउन अभिभावकहरू जागरुक हुनुपर्ने धारणा राखेकाछन । उनले समय–समयमा विद्यालयको अनुगमन गर्दै शिक्षक र विद्यार्थीका गतिविधिमा निगरानी राख्न आवश्यक रहेको बताए ।
शिक्षक,अभिभावक,विद्यार्थी र जनप्रतिनिधि हातेमालो गर्दै अघि बढेमा विद्यालयमा सुधार सम्भव हुने विश्वास व्यक्त गर्नुभयो। बिद्यालयका प्रधानध्यापकले लालबाबु प्रसाद साहले शैक्षिक योजना र लेखापाल निराजन पौडेलले आर्थिक बर्ष २०८०।०८१ को लेखापरिक्षण प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
यसैवीच भेलाले दुर्गा बहादुर लामिछाने खत्रीको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको छ। नवनिर्वाचित समितिमा अभिभावक प्रतिनिधिको रूपमा रञ्जिता चौधरी, चेत कुमारी गौतम र सदरुल नेसा चयन भएका छन्। ।
त्यस्तै शिक्षक–अभिभावक संघको अध्यक्षमा गोमा वाग्ले चयन हुनुभएको विद्यालयका सूचना अधिकारी धनप्रसाद बजगाईंले दिएका हुन ।

