रामपुरमा रास्वपा उम्मेदवार ई. अरविन्द साहको घरदैलो

साझेदारी डेलि
101 पाठक संख्या

बारा । प्रतिनिधिसभा सदस्य उम्मेदवार ईन्जिनियर अरविन्द साहले आज कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुरमा घरदैलो गरेका छन्।

बाराको क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका साहले कृषिसँग जोडिएका मुद्दा सम्बोधन गर्ने बताएका छन्।

रामपुरका किसान तथा स्थानीयवासीसँग भेटघाट गर्दै उनले कृषि क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए। समयमै मल र गुणस्तरीय बिउ उपलब्ध गराउने व्यवस्था राज्यको पहिलो दायित्व भएको उनले जनाए। किसानले लाइनमा बस्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने उनले बताए। मल, बिउ र सिचाइको सुनिश्चितता बिना उत्पादन नबढने उनले जनाए।

सिचाइ प्रणाली विस्तार र मर्मतलाई प्राथमिकतामा राख्ने बताउदै उनले वर्षातमा भर पर्ने खेती प्रणालीबाट किसानलाई मुक्त गर्न आवश्यक रहेकोमा जोड दिए। कृषिकोलागि दीर्घकालीन सिचाइ योजना आवश्यक रहेको उनको भनाइ छ।

उत्पादनपछि उचित मूल्य नपाउने समस्या समाधानका लागि बजारीकरणमा उनले जोड दिए। यसमा सरकारी समन्वय र सहजीकरण आवश्यक रहेको उनले बताए। डिजिटल सूचना र प्रविधिको प्रयोगलाई पनि जोड दिए।

घरदैलोका क्रममा उनले आफ्नो पक्षमा भारी मतदान गर्न आग्रह गरे। आफु विजयी भएमा किसानका मुद्दालाई संसदमा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरे।

Leave a review