रञ्जन यादब
जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा दुर्गा पुजा समिति जीतपुरले शनिवार कलश यात्रा निकालेका छन ।
पुजा स्थलबाट मास्क लगाएका महिलाहरुले टाउँकोमा कलश लिएर दुधौरा खोलाबाट जल लिएर पुन पुजा स्थलमा आएका थिए ।
बिगत बर्षहरुमा दुर्गा पुजा नाचगान तामझाम गरी पुजापाठ गरेपनि यसबर्ष त्यस्तो देखिदैन्थयो । अरु समय हजारौँको संख्यामा सहभागीहरु कलश यात्रामा पुग्ने गरेपनि शनिवार निकालिएको कलश यात्राम सयौँको संख्यामा महिलाहरुको सहभागिता रहेको थियो ।
घटास्थापनादेखि सुरु भएको दुर्गा पुजा १० दिनसम्म चल्ने छ । पुजा स्थलमा दुर्गा पुजा समितिले दुर्गा माता लगायत बिभिन्न देबिदेउताहरुको प्रतिमा बनाएको छ ।