कलैया ।प्रहरीले मकवानपुरको भीमफेदी गाउँपालिका १ खोप्लाङखोला बाट आईतबार राति एक कार बाट अवैध लागूऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मनहरी गाउँपालिका ८ सिमपानी बस्ने २५ वर्षीय कार चालक प्रदिप मोक्तान र कारमा सवार मकवानपुरगढी गाउँपालिका ५ धादिङ बस्ने २५ वर्षीय समुद्र दाहाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
उनीहरुको साथबाट करिब १ सय ७२ किलोग्राम अवैध लागु औषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले चुनियाबाट हेटौंडा बजारतर्फ जाँदै गरेको बा ३ च ३४९६ नम्बरको कारलाई जाँच गर्ने क्रममा उनीहरुलाई अबैध लागु औषध गाँजा सहित पक्राउ गरेको हो।
उक्त कारमा ४ वटा बोरामा लुकाई छिपाई राखिएको गाँजा बरामद गरिएको हो । उनीहरु माथि आवशयक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

