बाराको सिमरामा रहेको एक ट्रान्सपोर्ट सेवाले अनुकरणीय काम गर्ने अभियान शुरु गरेको छ । प्रदेश २ स्थित बाराको जीतपुरसिमरा स्थित सिमरामा संचालित एक ट्रान्सपोर्ट सेवाले अघिल्लो महिनादेखी जील्लाका एक बिपन्न परिवारलाई ५ हजारदेखी ९ हजार ५ सय राशी बराबरको राहत दिने घोषण गरेको छ । ट्रान्सपोर्टले अभिभावक विहिन गरिव तथा बिपन्न परिवारलाई महिनामा एउटा परिवारलाई राहत दिने घोषणा गरेको हो ।
रातोघर मिडिया प्रालिको सहजीकरणमा शुरुवात गरिएको यस अयियानमा यस अघिल्लो महिना ट्रान्सपोर्ट सेवाले आवास विहिन तराई यातायात संघको अघिल्तिरको बस्तीको एउटा कुनामा जिवन बिताइरहेका गोपाल परिवारलाई करिब एक महिना पुग्ने खाद्यान्न सामग्री बितरण गरेको थियो ।
ट्रान्सपोटले महिनामा पथलैयाका १५ बर्षे सुमन लामालाई दशैँका लागी सम्पुर्ण किनमेलका सामग्री उपलब्ध गराएको छ । सुमन एचआइभी पिडित परिवारका छोरा हुन् । कक्षा ११ मा अध्ययनरत सुमनका बाबुले संक्रमणकै कारण ज्यान गुमाईसकेका छन्भने अहिले संक्रमित आमाको सहारामा उनी जिवन बिताउँछन् ।
उनलाई करिव ६ हजार बरावरको दर्शै किनमेल समाग्री बितरण गरिएको ट्रान्सपोर्ट सेवाका संचालक केशव थापाले जानकारी गराएका छन । थापाले प्रत्येक महिला बिपन्न परिवालाई राहत दिने घोषणा गरिएकाले आफ्ना वरपर सहारा बिहिन बिपन्न परिवार भए सम्पर्क गरिदिन अर्का संचालक अरविन्द साहले आग्रह गरेका छन् ।
बिपन्न र कमाएर खुवाउने ब्यक्ति नभएका सहारा बिहिन ब्यक्ति स्वयमले पनि ट्रान्सपोट कार्यालयको सम्पर्क नम्बर ९८६०३२१९०१ वा रातोघर मिडियाको आधिकारिक ठेगानामा सम्पर्क गर्न समेत थापाले आग्रह गरेका छन् ।

