रौतहट : वन अतिक्रमण हटाउदै वन कार्यालय

साझेदारी दैनिक
441 पाठक संख्या

रौतहट । डिभिजन वन कार्यालय रौतहटले वन अतिक्रमण हटाउने कार्यलाई तिब्रता दिएको छ ।

सोही अभियान अन्तर्गत मंगलबार बृन्दावन नगरपालिका १ स्थित भोटे टोलको वन अतिक्रमण हटाइएको डिभिजन वन कार्यालयका प्रमुख हेमन्त प्रसाद साहले जानकारी दिए । 

बृन्दावन सव डिभिजन वन कार्यालय बलरीका वन अधिकृत ललन राउत कुर्मीको कमाण्डमा डिभिजन वन कार्यालय,बृन्दावन सव डिभिजन वन कार्यालय बलरी र चेतनगर पोष्टका वन कर्मचारीहरुको संयूक्त वन गस्ति टोलीले भोटे टोलको ५ विभिन्न स्थानमा वन अतिक्रमण गरी १ बिगाह क्षेत्रफलमा लगाईएको अदुवा,वेसार,केरा र तरकारी खेति नष्ट गरी र सोही स्थानमा बनाईएको टहरासमेत भत्काईएको प्रमुख साहले जानकारी दिए । 

वन अतिक्रमण गर्ने र गराउने व्यक्तिहरु उपर वन ऐन नियम वमोजिम कार्वाहीको लागी अनुसन्धान जारी रहेको प्रमुख साहले जानकारी दिए । 

यसअघि पनि वन कार्यालयले वनको खाली जमिनमा बृक्षारोपण गर्दै आएको छ भने वन जोगाउन नियमित गस्ती समेत गरिरहेको प्रमुख साहले जानकारी दिए । 

Leave a review

This will close in 0 seconds