बारासहित देशभरका ईस्लाम धर्मावलम्बीहरुले बकरीद पर्व मनाए

राजेश कुशवाहा
400 पाठक संख्या

कलैया : ईस्लाम धर्मावलम्बीहरुको महान चाड ईद –उल –अजहा (बकरीद) पर्व शनिबार बारा सहित देशभर मनाईएका छन ।

बाराका १६ पालिकाहरुमा रहेका ईस्लाम धर्मावलम्बीहरुले ईद –उल –अजहा (बकरीद) पर्व उल्लासका साथ मनाएका हुन । मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेका छन । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान समेत गरेका छन ।

ईस्लाम धर्मावलम्बीहरुले परम्परागत रुपमा अरबी क्यालेण्डर अनुसार यो पर्व चार दिन सम्म मनाउने गर्दछन । हिजरी संवत्अनुसार १४४० वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको उनीहरुको ग्रन्थले बताउछ ।

धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जन्नत)मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ ।

यसैकारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ ।निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका थिए । अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता थियो । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरूप सपनामा कुर्बानी गर्न पर्छ भनेका थिए भन्ने मुस्लिम धर्मावलम्बीको विश्वास छ ।

धेरै जनावर कुर्बानी गरे तर अल्लााह खुशी भएका थिएनन् । अन्तिममा आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडीमा उनको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) भएको थियो ।कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ ।

एक भाग गरिब एवम् विपन्न परिवारलाई,अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । बारामा करिब एक लाख पचास हजार भन्दा भन्दा बढी जनसंख्या ईस्लाम धर्मावलम्बीहरुको रहेको छ ।

Leave a review

This will close in 0 seconds