गरिमा चौधरी हत्यामा गृहमन्त्री गुरुङको चासो, थप चार जना पक्राउ

साझेदारी डेलि
78 पाठक संख्या

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा गृहमन्त्री सुदन गुरुङले गम्भीर चासो व्यक्त गरेका छन् ।

गृहमन्त्री गुरुङले घटनाको निष्पक्ष अनुसन्धान भइरहेको जनाउँदै आरोपितहरू पक्राउ परिसकेको र अनुसन्धान अघि बढाइएको बताएका छन्। पीडित परिवारको थप जाहेरीका आधारमा अन्य चार जनालाई समेत पक्राउ गरी सोधपुछ भइरहेको उनले जानकारी दिएका छन्।

घटनाको प्रारम्भिक चरणमा प्रहरीबाट भएको भनिएको लापरबाहीबारे समेत छानबिन तथा आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।

घटनापछि मृत्युदण्डको मागसहित भइरहेको प्रदर्शनप्रति गृहमन्त्री गुरुङले नागरिकको आक्रोश स्वाभाविक भएको बताए। तर, नेपालको संविधान तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताका कारण हाल मृत्युदण्ड दिने कानुनी व्यवस्था नरहेको उनले स्पष्ट पारे।

बालबालिका तथा महिलाविरुद्ध हुने गम्भीर अपराधमा कानुनी सुधारका लागि आवश्यक संशोधनको मस्यौदा तयार गरी संसदीय प्रक्रियामा लैजाने तयारी भइरहेको पनि उनले उल्लेख गरेका छन्।

गृहमन्त्री गुरुङले घटनालाई राजनीतिकरण नगर्न तथा अपुष्ट सूचनाका आधारमा मिडिया ट्रायल नगर्न आग्रह गर्दै अनुसन्धान प्रक्रियालाई सहयोग गर्न आम नागरिकसँग अपिल गरेका छन्।

Leave a review