सुरक्षा परिसद प्रस्तावले जन मानसमा अमिट छाप छाडनु पर्छ : प्रजिअ अधिकारी

राजेश कुशवाहा
415 पाठक संख्या

कलैया : बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले महिला,शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र संघ,सुरक्षा परिषद प्रस्ताव नम्बर –१३२५ र १८२० को विषयमा जन मानसमा अमिट छाप छाडनु पर्ने बताएका छन्।

नेपाल सरकार गृह मन्त्रालय काठमाण्डौको आयोजनामा शुक्रबार जिल्ला प्रशासन कार्यालय बाराको सभाहलमा आयोजित महिला,शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र संघ,सुरक्षा परिषद प्रस्ताव नम्बर –१३२५ र १८२० कार्यान्वयन सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना २०७९/८० –२०८१/८२ कार्यान्वयन सम्बन्धी अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

उनले सुरक्षा परिषद प्रस्ताव नम्बर –१३२५ र १८२० लाई स्थानीय तहले नजर अन्दाजगर्न नमिल्ने समेत बताए। उनले लैङ्गिक हिंसामा परेकाहरुको यकिन तथ्याङ्क राख्नु पर्ने सुझाव दिए। उनले स्थानीय तहले सुरक्षा परिषद प्रस्ताव नम्बरको बारेमा छलफल गर्नुपर्नेमा जोड दिए। स्थानीय सरकारले यो प्रस्तावलाई आफनो क्रियाकलापमा राख्नु पर्ने उनको भनाई रहेको थियो।

जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्रकुमार साहको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रममा बोल्दै उनले कार्य योजना कार्यान्वयन स्थानीय समिति यथाशिघ्र गठन गर्नुपर्नेमा जोड दिए। जिल्लाको सबै पालिकाले यो समिति गठन गर्नकालागि उनले आग्रह गरे ।

उक्त कार्यक्रममा बोल्दै महिला अधिकारकर्मी बबिता जयसवालले संयुक्त राष्ट्र संघ,सुरक्षा परिषद प्रस्ताव नम्बरलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिईन्।

उक्त कार्यक्रममा जिल्लाका १६ स्थानीय तहका प्रमुख तथा,गैर सरकारी संस्थाका प्रतिनिधि तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो।उक्त कार्यक्रममा बाराका स्थानीय तहहरुमा महिला,शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र संघ,सुरक्षा परिषद प्रस्ताव नम्बर –१३२५ र १८२० को अवस्थाबारे समेत बृहत छलफल गरिएको थियो ।

हालसम्म नेपालमा रहेको ७५३ वटा स्थानीय तहहरु मध्ये महिला,शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र संघ ,सुरक्षा परिसद प्रस्तावनम्बर –१३२५ र १८२० कार्यान्वयन सम्बन्धी ३४७वटा स्थानीय तहमा समिति गठन भई सकेको छ । ४०६ वटा स्थानीय तहमा यससंग सम्बन्धित समिति अझ सम्म गठन हुन सकेको छैन।

बाराको १६ वटा पालिका मध्ये कोल्हवी नगरपालिका,करैयामाई गाउँपालिका,बारागढी गाउँपालिका र फेटा गाउँपालिकामा समिति गठन भईसकेको छ। बाकी रहेका पालिकाहरुले यस आर्थिक वर्षमा समितिको गठन प्रक्रियालाई प्राथमिकतामा राखी कार्य गर्न प्रतिबद्धता समेत ब्यक्त गरेका छन्

कार्यक्रममा गृह मन्त्रालयमा कृष्ण प्रसाद चापागाई,कृष्ण प्रसाद शर्मा लगायतकाले सहजीकरण गरेका थिए। सो कार्यक्रममा सञ्चालन राधाकुमारी श्रेष्ठको रहेको थियो।

Leave a review