नदिमा पाँच वर्षीय बालिका मृत अवस्थामा फेला

साझेदारी दैनिक
196 पाठक संख्या

कलैया । बाराको पचरौता नगरपालिका वडा नम्बर ९ कुड़वा गाउँदेखि पूर्व जमुनी नदीमा अन्दाजी ५ वर्षकी बालिका डूबेको अवस्थामा मृत फेला परेकि छिन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार मृत अवस्थामा फेला परेकी बालिकाको पहिचान खुल्न सकेको छैन ।

घटनास्थलमा प्रहरी पुगेको प्रवक्ता सापकोटाले बताएका छन् ।

Leave a review