रौतहटमा चट्याङ लागेर सियारामको मृत्यु

Subash Kumar Mishra
432 पाठक संख्या

रौतहट : वर्षासंगै आइतबार विहान परेको चट्याङ लागेर रौतहटमा एकजनाको मृत्यु भएको छ।

चट्याङ लागेर गरुडा नगरपालिका वडा नं. १ जयनगरका ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

पानी पर्न थालेपछि घर अगाडी बाधेको बाख्रा खोल्न गएका बानियाँको चट्याङ लागेर मृत्यु भएको हो।

चटयाङ लागेर गम्भीर घाइते भएका बनियालाई उपचारका क्रममा प्रादेशिक अस्पताल गौर ल्याइएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक नेत्रमणी गिरीले साझेदारी दैनिकलाई बताए।

मृतक बनियाको शव पोस्टमार्टम पश्चात परिवारजनको जिम्मा लगाइएको छ।

Leave a review

This will close in 0 seconds