महिनावारी तथा पाठेघर सम्बन्धी भयो तालिम

राजेश कुशवाहा
358 पाठक संख्या

कलैया : न्यु फ्रेण्डस क्लबको आयोजनामा देवताल गाउँपालिकाको सहयोगमा वडा नम्बर ४ मा पिप्राढीमा शनिबार महिलाहरुको लागि महिनावारी तथा पाठेघर सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ।

तालिममा ८० जनाको सहभागिता रहेको थियो। उक्त तालिममा रजनी राज रुकमिणीले प्रशिक्षण दिएकी थिईन्।

वडा अध्यक्ष ललन यादवको प्रमुख आतिथ्यमा समाजिक बिकास शाखाका प्रमुख ललन पटेलको बिशिष्ट आतिथ्यमा आयोजक क्लबका अध्यक्ष लुकमान खानको अध्यक्षतामा तालिम सम्पन्न भएको हो ।

महिलाहरुलाई महिनावारी तथा पाठेघर सम्बन्धी जानकारी दिईने उदेशयले तालिमको आयोजना गरिएको हो ।

Leave a review

This will close in 0 seconds