Sajhedari Daily
Latest News from Nepal

पर्सामा निषेधाज्ञा हटेपनि बारामा जारी नै

रञ्जन यादब /
छिमेकी जिल्ला पर्साले मङगलबार देखि निषेधाज्ञा हटाएपनि बारा जिल्लाले निषेधाज्ञा जारी नै राखेको छ ।

जिल्ला सुरक्षा समितिको आज बसेको बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय बाराले जेठ २० गते सम्मको लागि निषेधाज्ञा जारी नै राखेको हो ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले एक सुचना जारी गर्दै निषेधाज्ञा बढेको जानकारी दिनुभएको हो ।
छिमेकी जिल्ला पर्सा र रौतहटसँगसँगै बारामा पनि कोरोना भाईरसको बिरामी बढ्दै गईरहेका कारण यस्तो निर्णय गरिएको बिज्ञेप्तिमा भनिएको छ ।

कोरोना भााईरसको बिरामी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाराले गत बैशाख ३० गते देखि जेठ ५ गतेसम्म निषेधाज्ञा जारि गरेको थियो ।

सोमबारको बैठकको निर्णय अनुसार जेठ ६ गते देखि बिहान १ बजे देखि पुनः सुरु भएको निषेधाज्ञा जेठ २० गते राती १२ बजेसम्मको लागि कायम रहने छ ।

निषेधाज्ञा अवधिभर अतिआवश्यक खाद्यन्न ,औषधी ,निर्माण तथा खाद्यन्नमा प्रयोग गरिने कच्चा पदार्थ ढुवानी बाहेक मोटरसाईकल देखि ठुलठुला गाडि आवतजावतमा पुर्ण रुपमा रोकलगाईएको छ ।

कोरोना भाईरस संक्रमित बिरामीहरुको बढ्दो सङख्यालाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन २०२०को दफा बमोजिम निषेधाज्ञा जारी राखिएको जिल्ला प्रशासन कार्यालय बाराबाट जारी बिज्ञेप्तिमा उल्लेख छ ।