नक्कली परीक्षार्थी पक्राउ

रासस
476 पाठक संख्या

काठमाडौँ: नक्कली परीक्षार्थी बनेर स्नातकोत्तर तहको जनप्रशासन विषयको परीक्षामा सहभागी भएका युवक पक्राउ परेका छन् ।

काठमाडौँको बल्खुमा रहेको जनप्रशासन क्याम्पसमा एमपिए तेस्रो सेमेष्टरमा अध्ययरत दानबहादुर रोकायको तर्फबाट परीक्षामा सहभागी भएका जुम्लाको चन्दनाथ नगरपालिका–८ का २६ वर्षीय केशव रोकाया नक्कली परीक्षार्थी भएको पाइएपछि क्याम्पसले कारबाहीका लागि प्रहरीलाई खबर गरेको थियो ।

प्रहरी वृत्त कालीमाटीबाट खटिइएको टोलीले उनलाई आज पक्राउ गरी शिक्षासम्बन्धी कसुरमा कारबाही अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनी नक्कली परीक्षार्थी बनेर मङ्गलको परीक्षामा सहभागी भएका थिए ।

Leave a review

This will close in 0 seconds