गरुडा नगरपालिकामा सडकको उद्घाटन

साझेदारी दैनिक
365 पाठक संख्या

रौतहट : रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवालले गरुडा नगरपालिका –५स्थित झाझ नदीको फलामे पुल हुँदै लक्ष्मीपुर जाने सडकको स्तरोन्नति गरी उद्घाटन गरेका छन्। उक्त सडकको बुधबार एक कार्यक्रमविच जयसवालले सडकको उद्घाटन गरेका हुन्।

वर्खायाममा हिलो र गर्मीको महिनामा अत्याधिक धूलो भई सर्वसाधरणलाई हिँडडुल गर्न निकै कठिनाई हुँदै आएकोमा त्यो समस्याको केही भएपनि समाधान भएको छ। मेयर कन्थमनी जयसवालले उक्त सडक मर्मत सम्भार गराई सुचारु गरेका हुन् ।

सडक स्तरोन्नति भएपछि सो भेगका हजारौं नागरिकलाई अब उक्त सडक भएर आवतजावत गर्न सहज भएको छ। त्यस्तै सोही सडक अन्तर्गत पर्ने झाझ नदीमाथिको फलामे पुल पनि अब पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ। सर्वसाधारणलाई सहज, सुरक्षित यात्रा सुनिश्चित गर्ने विश्वास जयसवालले व्यक्त गरे।

नगरको प्रत्येक वडामा जीर्ण रहेको सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने कामलाई प्राथमिकता दिँदै अगाडि बढाउने उनले जनाए। नगरपालिकाले आफ्नो नगरभित्रका सडकलाई १२ महिनै सवारीसाधन सञ्चालन गर्ने गरी निर्माण गर्ने गुरुयोजना बनाएर काम गरिरहेको छ।

सडकको व्यवस्थित र योजनाबद्ध तरिकाले निर्माण गरी जनताको जीवनस्तर सुधार गर्न नगरस्तरीय सडक सञ्जाल गुरुयोजना बनाइएको उनले जनाए। गाउँ–गाउँमा सडक स्तरोन्नति, मर्मत सम्भार, ढलान र कालोपत्र हुन थालेपछि यहाँका कृषि उपज बजारसम्म पु¥याउन समेत किसानलाई सहज भएको छ ।

Leave a review

This will close in 0 seconds