प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन विरुद्धको विभिन्न विरोधको कार्यक्रम गर्दै आएको जनता समाजवादी पार्टी(जसपा) बाराले बुधवार कलैयामा मसाल जुलुश प्रर्दशन गरेको छ ।
संसद विघटन असंवैधानिक भएकाले प्रतिनिधिसभा विघटन खारेजको माँग सहित विभिन्न नाराबाजी गर्दै निकालिएको मसाल सहितको जुलुशले कलैया नगरको विभिन्न भागको परिक्रमा गर्दै मुख्य चौकमा आएर कोण सभा गरेको थियो ।
मुख्य चौकमा मसाल जुलुश सहित आएका जसपाका कार्यकर्ताहरुसंग प्रहरीले मसाल खोस्न प्रयास गरेपछि केहीवेर तनाव स्थिति सृजना उत्पन्न भएको थियो ।
मसाल निभाउन प्रहरीले केही लाठी चार्ज समेत गरेको र प्रहरीको लाठी चार्जबाट जसपाका जिल्ला अध्यक्ष धर्मेन्द्र यादव लगायतका केही नेता तथा कार्यकर्ताहरु घाईते भएको अध्यक्ष यादवले जानकारी गराएका छन ।

