मानव बेचबिखन तथा ओसार पसार कार्यमा संग्लन महिला पक्राउ

साझेदारी दैनिक
481 पाठक संख्या

कलैया : पर्सा प्रहरीले मानव बेचविखन तथा ओसार पसार कार्यमा संलग्न रहेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ।

प्रहरीले नामथर वतन परिवर्तित ३४ जिल्ला नगवा ( स ) ०८१/०८२ लाई नयाँ कपडा किनिदिन्छु,पैसा दिन्छु जस्ता प्रलोभन देखाइ भारत विहार रक्सौलको होटलमा यौन धन्दामा लगाएको आरोपमा उनलाई पक्राउ गरिएको हो।

पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवा बस्ने वर्ष २० की आलिया खातुनलाई प्रहरीले पक्राउ गरेको छ। पीडित नामथर वतन परिवर्तित ३४ जिल्ला नगवा (स १ ) को जाहेरी दरखास्तको आधारमा इलाका प्रहरी कार्यालय नगवा पर्साबाट खटिएको प्रहरी टोलीले ३४ जिल्ला नगवा ( स ) ०८१/०८२ लाई उद्दार गरेको हो।

प्रारम्भिक अनुसन्धानबाट यस भन्दा पहिला पनि यस्तै नावालिकाहरूलाई यस्तै किसिमका प्रलोभन देखाइ मानव बेचबिखन तथा ओसार पसार गरेको भन्ने खुल्न आएको हुँदा निज आलिया खातुनलाई नियन्त्रणमा लिइ निज विरुद्ध मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा पर्सा जिल्ला अदालतबाट दिन–५ (पाँच ) म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Leave a review

This will close in 0 seconds