सात सय लिटर घरेलु मदिरा नष्ट

साझेदारी दैनिक
235 पाठक संख्या

वीरगञ्ज : पर्सा प्रहरीले सात सय लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ।

वीरगञ्जको बसपार्क प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक धीरेन्द्र थपलियाको नेतृत्वमा वीरगञ्ज बसपार्क क्षेत्रका विभिन्न पसलहरूमा गरिएको जाँचको क्रममा सो मदिरा बरामद गरिएको हो।

वीरगञ्ज वडा १६ का वडाअध्यक्ष परशुराम चौरसियाको रोहबरमा आइतबार प्रहरी चौकी प्राङ्गणमा पोखेर नष्ट गरिएको छ। वडाअध्यक्ष चौरसियाले बसपार्क जस्तो संबेदनसिल ठाउमा जनताहरुलाइ शान्ति सुरक्षा प्रदान गरि उत्कृष्ट कार्य गरेकोमा बसपार्क प्रहरी चौकी प्रमुख थपलिया लगायत पुरै टिमको मुक्त कण्ठले प्रसंशा गरेका थिए।

बसपार्कका सन्चालक मध्येका समाजसेवी केशव गुप्ता लगायत स्थानीय भद्रभलादमी एवं सञ्चारकर्मिहरुको उपस्थितिमा सो मदिरा नष्ट गरिएको हो।

Leave a review